News Portal

  • क्रेस्ट माइक्रो लाइफका अध्यक्ष ऋषिराज मोरले लिए सपथ

    आर्थीकसंसार संवाददाता१२ वैशाख, २०८१
    २६ पटक
    १२ वैशाख, २०८१

    काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष ऋषिराज मोरले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । मोरले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष बुधबार सपथ ग्रहण गरेका हुन् ।

    गत चैत ५ गते सम्पन्न कम्पनीको प्रथम वार्षिक साधारणसभाबाट मोर संस्थापक सेयरधनी समूहबाट सदस्यमा निर्विरोध निर्वाचित भएका थिए । सोही सभापछि बसेको सञ्चालक समितिको बैठकले मोरलाई अध्यक्षमा नियुक्त गरेको थियो ।

    उक्त शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्रधिकरणका पदाधिकारीहरु लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित केसीको समेत उपस्थित रहेको थियो ।

    प्रतिकृया दिनुहोस्