News Portal

  • राष्ट्र बैंकको वार्षिकोत्सवमा विराटनगरमा रक्तदान कार्यक्रम, हाजिरीजबाफ प्रतियोगिता हुने

    आर्थीकसंसार संवाददाता११ वैशाख, २०८१
    २३ पटक
    ११ वैशाख, २०८१

    काठमाडौं । नेपाल राष्ट्र बैंकको ६९ औँ वार्षिकोत्सवको अवसरमा विराटनगर कार्यालयमा रक्तदान कार्यक्रम गरेको छ भने हाजिरीजबाफ प्रतियोगिता गर्ने भएको छ।

    बैंकले नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा वैशाख १० गते रक्तदान कार्यक्रम गरेको थियो । बैंकको सभाहलमा भएको कार्यक्रममा बैंकका कर्मचारी, भूपू कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलगायत २३ जनाले रक्तदान गरेका थिए । कार्यालयले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

    यसैगरी विराटनगर कार्यालयले अन्तरबैंक हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । वैशाख १२ गते बैंकको सभाहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा १५ बैंकले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टीमलाई वैशाख १४ गते कार्यालय परिसरमा हुने वार्षिकोत्सव समारोहमा नगद, ट्रफी, मेडल तथा प्रमाण पत्र सहित पुरस्कृत गर्ने बैंकले जनाएको छ ।

    वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान सहित विभिन्न खेलकुदका कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्