News Portal

  • पोलिसी एडको अन्तरबीमा फुट्सल प्रतियोगिता सम्पन्न, नेको इन्स्योरेन्सले जित्यो उपाधी

    आर्थीकसंसार संवाददाता८ वैशाख, २०८१
    १९ पटक
    ८ वैशाख, २०८१

    काठमाडौं । पोलिसी एडको पहिलो अन्तरबीमा फुट्सल टुर्नामेन्ट २०८१ सफलतापुर्वक सम्पन्न भएको छ । उक्त फुट्सल टुर्नामेन्टको उपाधी नेको इस्स्योरेन्सले जित्न सफल भएको छ । उप विजेताको उपाधी हिमालयन लाईफ इन्स्योरेन्सले प्राप्त गरेको छ ।

    इन्स्योरेन्स क्षेत्रमा पहिलो पटक आयोजना गरिएको फुट्सल टुर्नामेन्टमा ११ वटा टिमको सहभागिता रहेको थियो । चार वटा समूहमा विभाजन गरी समूह चरणका खेलहरु खेलाइएको थियो । प्राइम फुट्सलमा दुई दिनसम्म सञ्चालन भएको खेलमा म्यान अफ द म्याचको उपाधी नेको इन्स्योरेन्सका क्षितिज सुबेदीले पाए भने वेष्ट गोलकिपर र वेष्ट डिफेन्डरको उपाधी पनि नेको इन्स्योरेन्सका खेलाडी क्रमस निरज डागी र अभिसेख कर्माचार्यले हात पारे ।

    त्यस्तै वेष्ट प्लेयरको उपाधी उकेश तामाङले हात पार्न सफल भए भने उच्च गोलकर्ताको ट्रफि नेको इन्स्योरेन्सका क्षितिज सुबेदीले प्राप्त गरे ।उक्त टुर्नामेन्टमा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा र लघुबीमा कम्पनीहरुले भाग लिएका थिए ।

    सबै बीमा कम्पनीहरुमा आपसी सम्बध प्रगाढ होस् भन्ने उद्देश्यका साथ टुर्नामेन्ट आयोजना गरिएको पोलिसी एडका सीईओ ईश्वर विकास श्रेष्ठ ले बताए ।

    फुटसल टुर्नामेन्टमा सानिमा रिलायन्स लाइफ, हिमालयन लाइफ, युनाइटेड अजोड इन्स्योरेन्स, सूर्यज्योति लाइफ, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिटिजन लाइफ, नेपाल ईन्स्योरेन्स कम्पनी,नेपाल माईक्रो ईन्स्योरेन्स, जीवन बीमा कम्पनी र सालिको लगायतका कम्पनीहरुको फुटसल टिमले सहभागि जनाएका थिए ।

    विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई बीमा प्राधिकरण नियमन विभागका प्रमुख तथा इन्स्योरेन्स इन्चिट्युटका कार्यकारी प्रमुख सुसिलदेव सुवेदीले ट्रफि ,मेडल तथा पदक ,वितरण गरेका थिए ।

    उक्त आयोजनाले समग्र बीमा क्षेत्रमा योगदान पुर्याउने मानिसहरुलाई थप हौसला मिल्ने पोलिसी एडले विश्वास लिएको धारणा राख्दै सिईओ श्रेष्ठ आगामी दिनमा अझ व्यापक रुपमा टुर्नामेन्ट आयोजना गरिने उल्लेख गरे ।

    प्रतिकृया दिनुहोस्