आर्थीकसंसार संवाददाता५ वैशाख, २०८१
५ वैशाख, २०८१काठमाडौं । एलआइसी (नेपाल) को चाबहिल शाखालृ मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले २०८१ बैशाख ०४ गते सोमबार काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका ४ जोरपाटी निवासी स्व. सुमन पराजुलीको परिवारलाई जीवन बीमा वापतको २३ लाख ६८ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
स्व. पराजुलीको श्रीमती कल्पना पराजुलीलाई उक्त मृत्यु दावी वापतको रकम एलआइसी नेपाल चाबहिल शाखाका शाखा प्रमुख नरेन्द्र बिष्ट र अभिकर्ता ईश्वरी प्रसाद भट्टराईको संयुक्त उपस्थितिमा हस्तान्तरण गरिएको हो ।