News Portal

  • एलआइसी नेपालद्वारा २३ लाख ६८ रुपैयाँ मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता४ वैशाख, २०८१
    ४५ पटक
    ४ वैशाख, २०८१

    काठमाडौं । एलआइसी (नेपाल) को चाबहिल शाखालृ मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले २०८१ बैशाख ०४ गते सोमबार काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका ४ जोरपाटी निवासी स्व. सुमन पराजुलीको परिवारलाई जीवन बीमा वापतको २३ लाख ६८ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

    स्व. पराजुलीको श्रीमती कल्पना पराजुलीलाई उक्त मृत्यु दावी वापतको रकम एलआइसी नेपाल चाबहिल शाखाका शाखा प्रमुख नरेन्द्र बिष्ट र अभिकर्ता ईश्वरी प्रसाद भट्टराईको संयुक्त उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

    स्व. बिमित पराजुलीको केही महिना अघि हृदयघातको कारण ४८ वर्षको उमेरमा निधन भएको थियो । उनले नौ वर्ष पहिले बरिष्ठ अभिकर्ता एवं एजेन्सी मेनेजर लक्ष्मण महत मार्फत रू १५ लाखको जीवन बीमा गराएका थिए ।
    प्रतिकृया दिनुहोस्