News Portal

  • नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेशद्वारा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१ वैशाख, २०८
    ४५ पटक
    १ वैशाख, २०८
    काठमाडौं । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यालयले चैत ३० गते जिल्ला प्रहरी, ट्राफिक कार्यालय, यातायात ब्यवसायी संघसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो ।  कार्यक्रमको सभापतिमा नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापा रहेका थिए ।
    कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकरी गणेश अर्याल, विशेष अतिथि एसपि, ट्राफिक कार्यालय लुम्बिनी प्रदेशका श्याम बहादुर खत्री रहेका थिए । साथै, कार्यक्रममा जिल्ला प्रहरी, ट्राफिक कार्यलयका मुद्दा फाँटमा कार्यरत कर्मचारी , यातायात ब्यवसायी संघका प्रतिनिधि र निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख सहभागी रहेको थियो ।
    नेपाल बीमा प्राधिकरणको तर्फबाट बीमा ऐन र मोटर बीमा निर्देशिकाले ब्यवस्था गरेको नियमका विषयमा लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
    ट्राफिक कार्यालयका कार्यालय प्रमुख श्याम बहादुर खत्री, एसपी, लुम्बिनी प्रदेशमा भएको दुर्घटनाको विवरण,  दुर्घटनाको कारण र दुर्घटना न्यूनिकरण कसरी गर्न सकिन्छ र बीमा दावी भुक्तानीमा प्रहरीको कस्तो भूमिका हुनु पर्छ भन्ने विषयमा जानकारी दिएका थिए ।
    कार्यक्रममा सहभागीहरुबाट सडक दुर्घटना न्यूनिकरण गर्न जनचेतनामूलक कार्यक्रम सबै पक्षबाट गर्नु पर्ने, उमेरको हदबन्दीलाई हटाई बच्चाको र कोखमा रहेको बच्चाको समेत बीमा दावी भुक्तानी अरु सरह गर्नु पर्ने, मोटर बीमामा दुर्घटना हुँदा मृत्यू दावी र औषधि उपचार खर्चलाई समय सापेक्ष परिमार्जन गर्नु पर्ने, आतंतबादको रकम अनिवार्य गरेकोले बीमाशुल्कमा थप भार परेकोले त्यसलाई ऐच्छिक गर्नु पर्ने, प्रहरी कार्यालयबाट दिने प्रतिवेदन फरक फरक आएकोले सहि र सरल तरिकाले उपल्बध गराउनु पर्ने, मोटर दुर्घटना भएपछि मानव क्षति भएको अवस्थामा ऐन नियमले भनेको भन्दा बढि रकम माग गरेकोले त्यस्तो कार्य नगर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध लगायतका जिज्ञासाहरु राखेका थिए ।
    प्रमुख अतिथि तथा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारीले सडक दुर्घटना न्यूनिकरण गर्न सबै किसिमका पहल गर्ने,  मोटर बीमामा सबै भन्दा समस्या रहेको र समाधानको उपाय पनि रहेको, जनचेतनामा बृद्धि गर्यो भने सडक दुर्घटना कम हुने, बीमाको अपराधलाई रोक्न संयुक्त प्रयास चाहिने धारण व्यक्त गरेका थिए ।
    नेपाल बीमा प्राधिकरणको तर्फबाट पूर्ण बहादुर थापाले यस कार्यक्रमले परिमार्जन हुन गइरहेको मसौदालाई प्रभाकारी रुपमा तयार गर्न थप सुझाव प्राप्त हुने, एक आपसमा समन्वयका कारणले सम्बन्धित पक्षले छिटो र सरल रुपमा बीमा सेवा प्राप्त गर्ने,सहि र समयमै प्रहरी मुचुल्का तथा प्रतिवेदन उपलब्ध गराउन अनुरोध गरेको, जो कोहिले बीमामा गर्ने गलत प्रबृतिलाई रोक्ने धारण राखेका थिए ।
    प्रतिकृया दिनुहोस्