News Portal

  • प्रभु महालक्ष्मी लाइफको निजगढ शाखाद्वारा मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता३० चैत, २०८०
    ४३ पटक
    ३० चैत, २०८०

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निजगढ शाखाले विष्पोटमा ज्यान गुमाएका निजगढ ७ का रेशमबहादुर जर्गा मगरको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामाको रोहबरमा बीमा कम्पनीका प्रदेश प्रमुख सुदिस्ट गुप्ता र निजगढ शाखा प्रमुख अमृता कुमारी बस्नेतले चेक हस्तान्तरण गरेका हुन् ।

    रेशमले ८ महिनाअघि एक लाखको बीमा पोलिसी लिएका थिए । जसको एक किस्ता ७ हजार पाँच सय बुझाएका थिए । उनको दुर्घटनामा मृत्यु भएकोले कम्पनीले दुई लाख चार हजार पाच सय मृत्यु दाबी भुक्तानी दिएको हो ।

    कार्यक्रममा पुर्व कार्यपालिका सदस्य तथा कम्पनीका अभिकर्ता जगतकुमारी अधिकारी, पुर्व कार्यालय प्रमुख कल्पना खरेल, अभिकर्ता उषा लामा मोक्तान, रुपा घलान लगायतको उपस्थिति रहेको थियो ।
    प्रतिकृया दिनुहोस्