News Portal

  • जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा सम्पन्न, ५ संञ्चालक निर्विरोध निर्वाचित

    आर्थीकसंसार संवाददाता३० चैत, २०८०
    ३७ पटक
    ३० चैत, २०८०

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तको आफ्नो १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले उक्त सभा बुटवलको होटेल न्यु इरामा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

    सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्वन्धी विवरण र सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।

    सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षण समतिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८/०८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ ।

    सभाले संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने संञ्चालकहरुमा यज्ञ बिक्रम शाही,डा.मेग बहादुर विश्वकर्मा र डा. मान बहादुर बिकेलाई नियुक्त गर्ने निर्णय गरेको छ । सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ जना संञ्चालकहरुमा हुमा कुमारी कुँवर थापा, गुरुराज बरुवाललाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

    साथै, सभाले भविष्यमा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थालाई गाभ्नेरगाभिने वा प्राप्ती गर्ने कार्यका लागि सम्झौता गर्ने, लगायत अन्य गाभ्ने गाभिने वा प्राप्ती सँग सम्बन्धीत सम्पूर्ण प्रकृयाहरु पूरा गर्न गराउन संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, संस्थाको कार्यक्षेत्र १९ जिल्लावाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने लगायतका प्रस्ताव अनुमोदन गरेको छ ।

    प्रतिकृया दिनुहोस्