आर्थीकसंसार संवाददाता३० चैत, २०८०
३० चैत, २०८०काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख ८ हजार ९२० कित्ता शेयर बिक्रीमा राखिएको हो।
बिक्रीमा राखिएको शेयरमा हाललाई संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।
तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।