News Portal

  • मेटलाइफद्वारा नेपालका बिकट समुदायमा बीमा सचेतना कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ चैत, २०८०
    १९ पटक
    २९ चैत, २०८०

    काठमाडौं । मेटलाइफ नेपालले आफ्नो जीवन बीमा सचेतना कार्यक्रमलाई थप वित्तीय सेवाहरू नपुगेका समुदायहरूमा विस्तार गर्दै आइरहेको छ । जसले गर्दा देशभरका परिवारहरूलाई उनीहरूको वित्तीय ज्ञान र लचिलोपन निर्माण गर्न मद्दत गर्दैछ ।

    यो पहल मेटलाइफको कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको एक हिस्सा हो । सेवा नपुगेका र दुर्गम क्षेत्रहरुको लागि वित्तीय पहुँच पुर्याउन केन्द्रित छ । कम्पनीले दमक, लहान, जनकपुर, कटारी, बेसीशहर, रैनास नगरपालिका लमजुङ, नवलपुर, बारा, बद्रघाट, पाल्पा, सल्यान, दैलेख, जुम्ला, कैलाली र इलामका विभिन्न समूहहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

    सहभागीहरूले अन्तरक्रियात्मक सत्रहरू र जानकारीमूलक सामग्रीहरू मार्फत जीवन बीमाको महत्व र फाइदाहरूका बारेमा जानकारी लिएका थिए ।

    यस कार्यक्रमले सहभागीहरूमा वत्तीय उत्पादनहरूमा पहुँच कम भएका क्षेत्रमा वित्तीय सशक्तिकरणलाई बढावा दिने,आफ्नो परिवार र सम्पत्तिहरू सुरक्षित गर्न, आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न र अप्रत्याशित चुनौतीहरूलाई आत्मविश्वासका साथ व्यवस्थापन गर्न आवश्यक ज्ञान र उपकरणहरू लगायतको बारेमा जानकारी भएको अपेक्ष कम्पनीले गरेको छ ।

    प्रतिकृया दिनुहोस्