News Portal

  • नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा अग्रवाल निर्वाचित

    आर्थीकसंसार संवाददाता२७ चैत, २०८०
    २८ पटक
    २७ चैत, २०८०

    काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित भएका छन् । कमर्सको मंगलबार भएको ७३औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

    त्यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा, वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, वस्तुगत संघतर्फ सुरेन्द्रकुमार श्रेष्ठ, द्विराष्ट्रियमा निलकण्ठ चौलागाईं र जिल्ला तर्फको उपाध्यक्षमा सन्तोषकुमार पाण्डे निर्विरोध निर्वाचित भएका छन् । साथै अर्जुनप्रसाद शर्मालाई भने साधारणसभाले मानार्थ उपाध्यक्ष चयन गरेको छ ।

    ७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनीत बाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

    प्रतिकृया दिनुहोस्