News Portal

  • सहकारी ठगीको विषयले संसद अवरुद्ध हुन थालेपछि चार नेतासँग सभामुखको छलफल

    आर्थीकसंसार संवाददाता२६ चैत, २०८०
    १५७ पटक
    २६ चैत, २०८०

    काठमाडौं । सहकारी ठगीको विषयले सडकदेखि सदनसम्म बहस चलेपछि सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् । सहकारी ठगीका विषयमा प्रमुख चार दलका शीर्ष नेतालाई बोलाएर सभामुख घिमिरेले छलफल बाेलाएका छन्

    उनले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई छलफलमा बोलाएका छन् ।  छलफलमा सभामुखले गृहमन्त्री लामिछानेसँग यस विषयमा जवाफ माग्ने पनि बताइएको छ ।

    सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएको छ ।

    गत २१ गतेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले अर्को बैठकमा छानबिन समिति गठन नभए संसद् ठप्प पार्ने अल्टिमेटम दिएको थियो । कांग्रेसले विगत एक महिनायता निरन्तर लामिछानेमाथि प्रश्न उठाउँदै आएको छ ।

    सहकारीका सञ्चालकले बचत ठगेको भन्दै देशभरका बचतकर्ता आन्दोलनमा थिए । तर, सरकार र बचतकर्ताबीच समझदारी भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्