आर्थीकसंसार संवाददाता२५ चैत, २०८०
२५ चैत, २०८०काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रामपुर शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । निस्दी गाउँपालिका–४, मित्यालका पुरन सिंह सुतीको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको हो ।
पाँच वर्ष अघि ५ लाखको सावधिक बीमा पोलिसी खरिद गरेका सुतीको गत कार्तिकमा निधन भएको थियो । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले एक कार्यक्रमकाबीच ६ लाख १४ हजार ५८३ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
शाखा प्रमुख लम्सालले बीमाङ्क रकम ५ लाख र आर्जित बोनश सहितको रकम प्रदान गरिएको जानकारी दिए ।