News Portal

  • सानिमा रिलायन्स लाइफको जोरपाटी शाखाद्वारा २६ लाख ८५ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२४ चैत, २०८०
    ४४ पटक
    २४ चैत, २०८०

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको जोरपाटी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका बीमित मुकुन्द प्रसाद तिमल्सिनाको दुर्घटनाबाट असामाहिक निधन भएको थियो । कम्पनीले सोही अनुरुप धर्म पत्नी कल्पना तिमल्सिनालाई २६ लाख ८५ हजारको चेक हस्तान्तरण गरेको हो ।

    बुधवार चिफ बिजनेस अफिसर गुणराज श्रेष्ठले उक्त रकम बराबर चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा वरिस्ठ एजेन्सी म्यानेजर, शाखाको कर्मचारी तथा केन्द्रका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा जोरपाटी शाखा प्रमुख लक्ष्मण पराजुलीले बीमाको महत्वको साथसाथै बीमाले व्यक्तिका साथै परिवारका लागि समेत गाह्रो समयमा सहारा पुग्ने बताए ।

    प्रतिकृया दिनुहोस्