News Portal

  • सानिमा रिलायन्स लाइफद्वारा १० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२३ चैत, २०८०
    ५६ पटक
    २३ चैत, २०८०

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृतक परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले चैत २२ गते मसुरिया कैलाली शाखाले बीमा बापत मृतक माघुराम चौधरीको श्रीमति गितादेबी चौधरीलाई एक कार्यक्रम गरी १० लाखको चेक हस्तान्तरण गरेको हो ।

    कैलारी गाउँपालिकाले २०७९ असोज महिनामा सम्पुर्ण जनप्रतिनिधिहरुको सुरक्षाका निम्ति म्यादी बीमा गराएको थियो सोही क्रममा वडा न.८ का जनप्रतिनिधि स्व.माघुराम चौधरीको पनि बीमा गरिएको थियो । बीमा गरेको ११ औं महिनामा अथवा २०८० भाद्र ३ गते उनको आसमयिक निधन भएको थियो । सोही अनुसार कम्पनीले परिवारलाई सो रकम हस्तान्तरण गरेको हो ।

    मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गर्नका लागि कैलरी गाउँपालिकाको वडा न.८ को वडा कार्यालयमा ५० औं जनाको सहभागितामा सम्पन्न गरिएको हो सो कार्यक्रमका सभापति वडा न. ८ का वडा अध्यक्ष तारामल कठरिया रहेका थिए ।

    प्रमुख अतिथी कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी र बिशिस्ट अथिती सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख गणेश प्रसाद उप्रेती रहेका थिए ।

    अथिती कैलारी गा.पा.का प्रमुख प्रशासकीय आधिकृत लक्ष्मी दत्त भट्ट , सानिमा रिलायन्स लाइफका क्षेत्र शाखा प्रबन्धक हेमन्त बहादुर सिंह, मसुरिया शाखा प्रबन्धक पुरनलाल राना, मार्केटिङ अफिसर लौटन कुमार कठरिया लगायतका समाजसेबि बुद्धिजीवी र मृतकका परिवारहरुको सहभागिता थियो ।

    प्रतिकृया दिनुहोस्