News Portal

  • सुर्यज्योति लाइफ नारायणगढ शाखाद्वारा बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२२ चैत, २०८०
    ४६ पटक
    २२ चैत, २०८०

    काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नारायणगढ शाखाले बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । गुरुकुल स्कुल अफ साईन्स एण्ड म्यानेजमेन्टमा आयोजित कार्यक्रममा जीवन बीमाको महत्व र सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बीमा योजनाहरुको बारेमा नारायणी रिजनका रिजनल म्यानेजर इश्वर बिकल सापकोटा जानकारी दिएका थिए ।

    कार्यक्रममा जीवन बीमाको महत्व, ३५ वटा घातक रोगहरु बिरुद्ध उपचार सुविधा तथा कम्पनीका विभिन्न बीमा योजनाहरु र सुविधाहरुको बारेमा अभिमुखिकरण भएको थियो । नारायणी रिजनका रिजनल म्यानेजर सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ५० जना भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्