News Portal

  • रेमिट्यान्स २१ प्रतिशतले बढ्यो, ८ महिनामा भित्रियो ९ खर्ब ६१ अर्ब

    आर्थीकसंसार संवाददाता२२ चैत, २०८०
    ४० पटक
    २२ चैत, २०८०

    काठमााडैं । चालु आर्थिक वर्षको आठ महिलनामा विप्रेषण आप्रवाह २१.० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय विवरण प्रकाशन गर्दै यस्तो बताएको हो । समिक्षा अवधिमा विप्रेषण आप्रवा २१ प्रतिशतले बृद्धि भई रु.९६१ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८६,९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १८४,२७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३५१,७६१ र १९२,५५९ रहेको थियो ।

    समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई रु.१०४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।

    प्रतिकृया दिनुहोस्