News Portal

  • नेष्डो समृद्ध लघुवित्तले लाभांश नबाँड्ने

    आर्थीकसंसार संवाददाता२२ चैत, २०८०
    ३६ पटक
    २२ चैत, २०८०

    काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ। कम्पनीको चैत २१ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै संस्थाले वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

    संस्थाले आर्थिक वर्ष २०७९/२०८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्