News Portal

  • सूर्यज्योति लाइफले ३५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

    आर्थीकसंसार संवाददाता२१ चैत, २०८०
    ३९ पटक
    २१ चैत, २०८०

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस र २४.७४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

    चैत २० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । जसलाई नेपाल बीमा प्राधिकरणले स्वीकृत तथा कम्पनीको साधारण सभाले पारित गर्नुपर्ने हुन्छ ।

    हाल इन्स्योरेन्सको चुक्ता पुँजी ४ अर्ब ५४ रुपैयाँ छ । १०.२६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ नाघ्ने छ ।

    प्रतिकृया दिनुहोस्