News Portal

  • नेरूडे मिर्मिरे लघुवित्तद्वारा बीमा वापत ५ लाख ७१ हजार भुक्तानी

    आर्थीकसंसार संवाददाता१९ चैत, २०८०
    ७५ पटक
    १९ चैत, २०८०

    काठमाडौं । नेरुडे मिर्मिरे लघुबित्त बित्तीय संस्थाको शाखा कार्यालय प्रकाशपुर, सुनसरीबाट सदस्यको मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ । शाखाले सदस्य चितरनी लिम्बूको मृत्यु पश्चात कर्जाको म्यादी जीवन बीमा बापत छोरी सपना लिम्बूलाई बीमांक तथा क्रिया खर्च रकम रु ५ लाख ७१ हजार ८८ रूपैयाँ भुक्तानी गरेको हो ।

    शाखा कार्यालय प्रकाशपुर केन्द्र न. ६० राजाबास मिर्मिरे महिला समुहमा आबद्ध निज सदस्यको परिवारलाइ सुर्य ज्योती लाइफ इन्स्योरेन्स कम्पनीसँग बीमा सहकार्य गरेकोमा उक्त रकम बराहक्षेत्र नगरपालिका वडा न ९ का वडा अध्यक्ष निरन्जन मण्डल चन्द्रवंशीले चेक हस्तान्तरण गरेको हो ।

    बीमा रकम हस्तान्तरण कार्यक्रममा प्रकाशपुर शाखा कार्यालय प्रमुख चन्द्रप्रकाश शाह, चक्रघटी शाखा प्रमुख रन्जित कुमार चौधरी, शाखाका कर्मचारीहरु सुस्मिता कुमारी भगत , सिमा साह तथा केन्द्र न ६० का सदस्यहरु तथा स्थानीय भद्र भलादमीहरु र वडा सदस्य चतुर लाल चौधरी, भरत चन्द्रवंशीको समेत उपस्थिति रहेको थियो ।
    प्रतिकृया दिनुहोस्