News Portal

  • एशियन लाइफको नेपालगञ्ज शाखाद्वारा घातक रोग वापत २० लाख रुपैयाँ हस्तान्तरण

    आर्थीकसंसार संवाददाता१८ चैत, २०८०
    ३८७ पटक
    १८ चैत, २०८०

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको नेपालगञ्ज शाखाले घातक रोग वापतको दाबी भुक्तानी गरेको छ । कम्पनीले मिना कुमारी मल्ललाई घातक रोग वापत २० लाख रुपैयाँ रकम प्रदान गरेको हो । उनले नेपालगञ्ज शाखाबाट बीमाङक २० लाख रुपैयाँको बीमा गरेकी थिइन । उनलाई ब्रेन टियूमर देखा परेपछि कम्पनीले घातक रोग वापत उक्त रकम प्रदान गरेको हो ।

    उक्त रकम प्रदेश प्रमुख जयानन्द भट्ट, कर्मचारी चन्द्रमाया गिरी र कम्पनीका अभिकर्ता शम्भु नाथ, कल्पना के.सी, स्वस्तिका गिरी, कृष्ण पुन, स्थानिय कार्यपालिका सदस्य अमृता सिंह लगायतले नेपालगञ्ज १९ बाँके बीमितको घरमा गई बीमित मिना कुमारी मल्ललाई घातक रोग वापतको उक्त रकम बरावरको चेक हस्तान्तरण गरेको हो ।

    प्रतिकृया दिनुहोस्