News Portal

  • आइजीआई प्रुडेन्सियलको बीमा अभिकर्ताको तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता१८ चैत, २०८०
    ३८ पटक
    १८ चैत, २०८०

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।

    इन्स्योरेन्सद्वारा मिति २०८० साल चैत्र १३ देखि १६ गते सम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको हो ।

    उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३१ जना व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा सहित अभिकर्ता तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

    यस तालिमबाट निर्जीवन बीमाको क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम निर्जीवन बीमा गर्नका लागि ग्राहक महानुभावहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

    प्रतिकृया दिनुहोस्