News Portal

  • वैदेशिक रोजगार बीमालेखमार्फत जीवन बीमकले गरे करिब २ अर्बको व्यापार

    आर्थीकसंसार संवाददाता१३ चैत, २०८०
    २८ पटक
    १३ चैत, २०८०

    काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिना फागुनसम्म वैदेशिक रोजगार बीमालेखबाट करिब २ अर्ब रुपैयाँबराबरको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १० वटा जीवन बीमा कम्पनीले यो ८ महिनामा वैदेशिक रोजगार बीमालेखबाट १ अर्ब ९९ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिसम्म बीमा कम्पनीहरुको कुल सक्रिय बीमालेख संख्या २० लाख ९ हजार ३५१ रहेको छ।

    समीक्षा अवधिसम्म वैदेशिक रोजगार बीमालेखबाट सबैभन्दा बढी व्यापार गर्नेमा सन नेपाल लाइफ रहेको छ। यो कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेखबाट ४९ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    यसैगरी दोस्रोमा नेपाल लाइफ रहेको छ। नेपाल लाइफले यो ८ महिनामा वैदेशिक रोजगार बीमालेखबाट ४३ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा रहेको आइएमई लाइफले यस बीमालेखबाट २२ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

    यसैगरी फागुनसम्म वैदेशिक रोजगार बीमालेखबाट एसियन लाइफले १८ करोड ८५ लाख रुपैयाँ, नेसनल लाइफले १७ करोड ५१ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १४ करोड २४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १३ करोड ८८ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले ११ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

    वैदेशिक रोजगार बीमालेखबाट सिटिजन लाइफले ७ करोड ४४ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १६ लाख ६३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

    प्रतिकृया दिनुहोस्