News Portal

  • आरविवि मर्चेन्टले आयोजना गर्यो सचेतनामूलक कार्यक्रम

    आर्थीकसंसार संवाददाता१३ चैत, २०८०
    २९ पटक
    १३ चैत, २०८०

    काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले वित्तीय शिक्षा अभिवृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । कम्पनीले ग्लोलब मनि विकको अवसरमा चैत्र ९ गते नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टार मा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक/शिक्षिकाहरुको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

    उक्त सचेतनामूलक कार्यक्रममा नुवाकोट आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायण मान डंगोल तथा अध्यनरत विधार्थीहरु र शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

    आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, प्रबन्धक अजय घिमिरे र बरिष्ठ अधिकृत श्री सृजना बाँस्कोटाले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विदुर शाखा प्रमुख रिमा श्रेष्ठ तथा शाखाका कर्मचारी सन्तोष बोगटीको समेत उपस्थिती रहेको थियो । छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरेले दिएका थिए ।

    आरविवि मर्चेन्ट बैकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको शत प्रतिशत लगानीमा स्थापित संस्था हो ।

    प्रतिकृया दिनुहोस्