News Portal

  • समृद्धि फाइनान्सको विभिन्न शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१२ चैत, २०८०
    २८६ पटक
    १२ चैत, २०८०

    काठमाडौं । ग्लोबल मनी विक २०२४ अन्तर्गंत समृद्धि फाइनान्सको पोखरा शाखा, मधुवन शाखा, गैर शाखा र हेटौंडा शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पोखरा शाखा बाट गुरुङ्ग महिला समुहका ४० जना महिलालाई, मधुवन शाखाबाट स्थानीय ८० जना किसान तथा युवाहरुलाई, गैर शाखाबाट स्थानीय रैथाने विपन्न बडी समुदायका ३५ जना र हेटौंडा शाखाबाट २५ स्थानीय युवालार्ई वित्तिय साक्षरता दिईएको थियो।

    सबै शाखा क्षेत्रहरुमा रेमिटान्स मुख्य आय भएकोले बैदेशिक रोजगारीबाट प्राप्त रेमिटान्सलाई बचतमा परिणत गरि उज्वल भविष्य निर्माण गर्न मद्दत पुग्छ साथै अनावश्यक खर्चहरुलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषमा प्रस्तुतीकरण गरिएको थियो ।

    यसै अवसरमा फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरु बाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

    नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्