News Portal

  • निप्स कैलालीको होलि मिलन कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१२ चैत, २०८०
    ४६ पटक
    १२ चैत, २०८०

    काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी कैलालीद्वारा कैलालीको धनगढीमा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ । निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुबिच भाईचारा सदभाव एवम् रंगहरुको पर्व होलिलाई आपसी सदभाव र भाईचारा अभिबृद्धी गर्ने उद्धेश्यले होलि मिलन कार्यक्रम संचालन गरेको निप्स कैलालीका अध्यक्ष सुनील श्रेष्ठले बताए ।

    होलि मिलन कार्यक्रमको प्रमुख अतिथी नेपाल बीमा प्राधिकरण सुदूर पश्चिम प्रदेश का कार्यालय प्रमुख हृदयश्वर पण्डितले होलि पर्वको महत्व र इतिहास बारे जानकारी गराउँदै होलि मिलन कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिए । ।

    होलि मिलन कार्यक्रममा निर्जीवन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन निप्स कैलालीका सचिब नर बहादुर नेगीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्