News Portal

  • हिमालयन लाइफले परिमार्जन गर्यो बीमालेख धितो कर्जाको ब्याजदर

    आर्थीकसंसार संवाददाता९ चैत, २०८०
    ५९ पटक
    ९ चैत, २०८०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख धितो कर्जाको ब्याजदर परिमार्जन गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै कम्पनीबाट आफ्नो बीमालेख धितो राखी लिइएको कर्जाको वार्षिक ब्याजदर परिमार्जन गरेको जनाएको छ ।

    कम्पनीले चैत ९ गतेदेखि लागू हुने गरी बीमालेख धितो कर्जाको वार्षिक कर्जा ब्याजदर ११ प्रतिशत कायम गरेको जनाएको छ । साथै, यस कर्जा सम्बन्धी थप जानकारी लिनका लागि कम्पनीको विभिन्न शाखा तथा उप शाखा कार्यालयहरुमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्