९ चैत, २०८०काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बयलवास, सर्लाहीले ‘ग्लोवल मनी विक २०२४’ को सप्ताहब्यापी अभियानको अवसरमा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । सर्लाही जिल्लाको ईश्वरपुर न.पा. वडा नं. ०७, बयलवासमा शाखा कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बयलवास, सर्लाहीले आफना ३३ जना युवा महिला ग्राहक सदस्यहरु तथा सर्लाही जिल्लाको ईश्वरपुर न.पा. वडा नं. ०६, बयलवास स्थित लालिगुँरास एकेडमि स्कुलका १३ जना बिद्यार्थीहरु गरि जम्मा ४६ जनाको सहभागीतामा उक्त तालिम सम्पन्न गरेको हो ।
शाखा कार्यालयका शाखा प्रमुख सरोज कुमार महतोले उक्त तालिम सम्पन्न गरेको जानकारी गराएका छन । उक्त तालिममा प्रशिक्षकहरु सन्तोष कुमार दत्त र श्री प्रेम बहादुर कार्की रहेका थिए भने कार्यक्रम संचालन शाखाका शाखा प्रमुख सरोज कुमार महतोले गरेका थिए ।




