News Portal

  • सन लाइफ क्यापिटलको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता९ चैत, २०८०
    ६१ पटक
    ९ चैत, २०८०

    काठमाडाै‌ं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सन लाइफ क्यापिटल लिमिटेडले विश्व वित्तीय सप्ताह २०२४(ग्लोबल मनि वीक)को अवसरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

    कम्पनीले बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले चैत्र ७ र ८ गते क्रमश चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुर र मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

    चैत्र ७ गते चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुका साथै लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक सञ्जालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी गराइएको कम्पनीले जनाएको छ ।

    यस्तै चैत्र ८ गते मल्पि इन्टरनेशनल कलेज,चक्रपथ, काठमाण्डौ मा बीबीए आठौं सेमेष्टरका विद्यार्थीहरुलाइ बीमा क्षेत्र सम्बन्धि साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र वित्तीय बजार, धितोपत्र बजारमा केन्द्रित हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्