News Portal

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले ग्रहण गरे सपथ

    आर्थीकसंसार संवाददाता७ चैत, २०८०
    ३८ पटक
    ७ चैत, २०८०

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष सुरेश लाल श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष सपथ ग्रहण गरेका हुन् ।

    सो सपथ ग्रहण समारोहमा प्राधिकरणका उच्च पदाधिकारी तथा कम्पनीको सञ्चालकहरुको उपस्थिति रहेको थियो । गत सोमवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक समितको अध्यक्षमा चयन गरेको थियो ।

    प्रतिकृया दिनुहोस्