News Portal

  • राष्ट्रिय बीमा कम्पनीका सञ्चालक थापामगरले ग्रहण गरे सपथ

    आर्थीकसंसार संवाददाता६ चैत, २०८०
    ३४ पटक
    ६ चैत, २०८०

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडका नवनियुक्त सञ्चालक कमानसिं थापामगरले पद तथा गोपनियताको सपथ गरेका छन् । उनले कम्पनीका संचालक समितिका अध्यक्षबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

    यस कम्पनीको सञ्चालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधित्व हुने ब्यवस्था भए बमोजिम थापामगरलाई अर्को ब्यवस्था नभएसम्मका लागि सञ्चालकमा नियुक्त गरिएको जनाएको छ । नेपाल सरकार अर्थमन्त्राल वित्तीय क्षेत्र ब्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको चैत ४ गतेको पत्र अनुसार थापामगरलाई सञ्चालकमा नियुक्त गरेको हो । उनलाई चैत ५ गतेदेखि नै लागु हुने गरी नियुक्त गरिएको हो ।

    प्रतिकृया दिनुहोस्