News Portal

  • साबिकका गुराँस लाइफ र युनियन लाइफको बोनस शेयरमा लाग्ने करको रकम जम्मा गर्न शेयरधनीलाई आग्रह

    आर्थीकसंसार संवाददाता६ चैत, २०८०
    २७ पटक
    ६ चैत, २०८०

    काठमाडौं । साबिकका गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीहरुलाई आग्रह गरिएको छ।

    मर्जरपछि बनेको हिमालयन लाइफ इन्स्योरेन्सले आज एक सूचना जारी साबिकका ती दुवै कम्पनीको बोनस शेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न शेयरधनीहरुलाई आग्रह गरेको हो। साबिकको गुराँस लाइफ र युनियन लाइफले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट क्रमशः १३.२७ प्रतिशत र ८.९७ प्रतिशत वितरण गरेका थिए।

    उक्त बोनस शेयरमा लाग्ने कर सम्बन्धित शेयरधनी स्वयंले नै तिर्नुपर्ने भनिएको थियो। केही शेयरधनीहरुले उक्त करको रकम हालसम्म नतिरेको सूचनामा उल्लेख छ। त्यसैले साधारणसभा प्रयोजनार्थ तोकिएको बुक क्लोजको मितिभन्दा अघिसम्म कायम शेयरधनीहरुले उक्त बोनस शेयरमा लाग्ने करबापतको रकम हाल हिमालयन लाइफको काठमाडौंको दरबारमार्गस्थित नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको ०१२०१०२०२५४३८० बैंक खातामा जम्मा गर्न वा कनेक्टआईपीएसबाट पठाउन सक्ने सूचनामा जानकारी गराइएको छ। रकम जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नम्बर, पूरा नाम, सम्पर्क नम्बर, कम्पनीको नाम तथा आर्थिक वर्षसमेत अनिवार्य रुपमा उल्लेख गर्न कम्पनीले आग्रह गरेको छ।

    कर रकम जम्मा भएपछि मिलान गरी सो बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ। बोनस शेयरमा लाग्ने करको विवरण कम्पनीको शेयर रजिस्ट्रार प्रभु क्यापिटलको वेबसाइटमा हेर्न सकिने व्यवस्था गरिएको छ।

    प्रतिकृया दिनुहोस्