आर्थीकसंसार संवाददाता२ चैत, २०८०
२ चैत, २०८०काठमाडौं । एलएस क्यापिटल र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडबीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । एलएस क्यापिटल, नयाँ बानेश्वरको कर्पोरेट कार्यालयमा एक कार्यक्रमका बीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार एलएस क्यापिटलले रोड टु आईपीओ अन्तर्गत शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) तर्फ लैजाने सबै सम्भावनाहरूको निरीक्षण र मूल्याङ्कन गर्नेछ ।
लक्ष्मी सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एलएस क्यापिटलले मर्चेन्ट बैंकिङ क्षेत्रमा बलियो उपस्थिती देखाएको छ ।