News Portal

  • नेशनल लाइफको कुश्मा शाखाद्वारा बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२ चैत, २०८०
    ७१ पटक
    २ चैत, २०८०

    काठमडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कुश्मा शाखाले नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशसँगको सहकार्यमा जीवन बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम बुधवार पर्वतको फलेवास नगरपालिकामा सञ्चालन गरेको हो ।

    कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका गण्डकी प्रदेश प्रमुख केशवराज ढकालले बीमाको महत्वका बारेमा प्रष्ट पार्दै स्थानीय सरकारले विपन्न वर्गलाइ पनि बीमाको दायरामा ल्याउनु पर्ने बताए ।

    नेशनल लाइफका कुश्मा शाखा प्रमुख संजय केसीले आम नागरिकमा बीमाको सचेतना बढाउन जरुरी रहेकोले उक्त कार्यक्रम आयोजना गरेको जानकारी दिए ।

    कायृक्रममा फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी, नेशनल लाईफका गण्डकी प्रदेशका सहायक निर्देशक सुन्दर प्रसाद शर्मा लगायत ५० जना भन्दा बढीको सहभागीता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्