News Portal

  • हिमालयन लाइफको कुश्मा उपशाखाद्वारा ज्याकेट वितरण

    आर्थीकसंसार संवाददाता२९ फागुन, २०८०
    ५१ पटक
    २९ फागुन, २०८०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कुश्मा उपशाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ज्याकेट वितरण गरेको छ ।
    कम्पनीको उपशाखा कार्यालय कुश्माले मोदि गाउँपालिकाका वडा नम्बर १,२ र ३ मा करिब १ सय जनालाइ ज्याकेट वितरण गरेको हो ।

    उक्त कार्यक्रमका प्रमुख अतिथि मोदि गाउँपालिकाका अध्यक्ष हिरादेबी शर्मा र कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्यले ज्याकेट वितरण गरेका हन् ।

    कार्यक्रममा स्वागत मन्तव्य कुश्मा उपशाखाका प्रमुख बलराम आचार्यले राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले बीमा अनिवार्य सबैले आफ्नो गच्छे अनुसार गर्नु पर्ने औल्याउँदै यस्ता कार्यक्रम आयोजना गरेकोमा कम्पनी लाई धन्यवाद दिए ।

    विशिष्ट अतिथि कम्पनीका प्रदेश प्रमुख टुल्कनाथ आचार्य , वडाका वडा अध्यक्षहरु र अभिकर्ता किशोर सापकोटाले आ आफ्नो भनाइ राखेका थिए । कम्पनीका एमडिआरटी साजन मल्ल र एमडिआरटी बाबुराम लामिछाने लगायत उक्त वडाका अन्य जनप्रतिनिधिहरुको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन कम्पनीका गण्डकी प्रदेश उप प्रमुख बलराम गौतमले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्