News Portal

  • एफएनसीसीआईको निर्वाचनमा कसले मार्ला बाजी ?

    आर्थीकसंसार संवाददाता६ मंसिर, २०७७
    २४७८ पटक
    ६ मंसिर, २०७७

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को यही मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा ५४औं वार्षिक साधारणसभा हुन गइरहेको छ त्यो साधारणसभा आउन अब केही दिन कुर्नु पर्ने छ ।
    एफएनसीसीआईको चुनावको लागि दुई प्यानल चन्द्र ढकाल समूह र किशोर प्रधान समूह चुनावी प्रचारप्रसारका क्रममा यतिखेर मैदानमा उत्रिएका छन् । महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधानको समूह अहिले आफ्नो पक्षमा जित हासिल पार्नका लागि मतदातासमक्ष भोट माग्न अति नै व्यस्त रहेका छन् ।
    महासंघको ५४औं साधारणसभामार्फत चयन हुने नयाँ कार्यसमितिका लागि १२७ जनाले उम्मेदवारी दिएका छन् । महासंघको निर्वाचन समितिले शुक्रबार जारी गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार ५४औं साधारणसभाबाट निर्वाचित हुने बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुसहित कार्यकारिणी समिति सदस्यहरुको कुल ६४ पदका लागि १२७ जनाको उम्मेदवारी परेको जनाएको हो ।
    चन्द्र ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ, जिल्लानगरतर्फ गुणनिधि तिवारी र एसोसियटसतर्फ रामचन्द्र संघाईले उम्मेदवारी दिएका छन् भने प्रधानको समूहबाट वस्तुगततर्फ अञ्जन श्रेष्ठ, जिल्लानगरतर्फ दिनेश श्रेष्ठ र एसोसियटसतर्फ शौरभ ज्योतीले उम्मेदवारी दिएका छन् ।
    महासंघको निर्वाचनमा एशोसिएट तर्फको १९ पदका लागि ३३ जना, जिल्ला नगरतर्फको कुल १८ पदका लागि ३८ जनाको उम्मेदवारी परेको छ भने वस्तुगततर्फको अन्य १४ सदस्य पदका लागि २९ जना, र संस्थापक सदस्यबाट ३ जनाको उम्मेदवारी परेको छ ।
    महासंघको जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ कुल १ सय ७ सदस्य रहेका छन् । जसमध्ये प्रदेश १ मा २३, प्रदेश २ मा १२, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा १३, प्रदेश ५ मा २२, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १० सदस्य तथा संघ संस्था रहेका छन् ।
    यसैगरी वस्तुगततर्फ १ सय १ सदस्य रहेका छन् भने निर्वाचनमा द्विराष्ट्रिय उद्योग वाणिजय संघले पनि मतदान गर्न पाउने प्रावधान छन् । जसमा १२ वटा सदस्यहरु रहेका छन् । यस्तै, एसोसिएटतर्फ पनि ९ सय २३ सदस्य संस्थाहरु रहेका छन् भने निर्वाचनमा संस्थापक सदस्यहरुले पनि मतदान गर्न पाउने छन् । महासंघमा संस्थापक सदस्य तथा संघसंस्थाहरु १२ रहेका छन् ।

    प्रतिकृया दिनुहोस्