आर्थीकसंसार संवाददाता२३ फागुन, २०८०
२३ फागुन, २०८०काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आफ्ना अभिकर्ताहरुलाई अभिकर्ता इजाजतपत्र नविकरण गर्नका लागि आग्रह गरेको छ । कम्पनीले एक सूचान जारी गर्दै २०७९ चैत १ गतेदेखि २०८० साल असारसम्म नविकरण नभएका इजाजतपत्रको म्याद सकिएको हुनाले सबै अभिकर्तालाई नविरकण गर्न आग्रह गरेको हो । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी कम्पनकिो कार्यालयबाट पुनः सूचारु गराउन सबै अभिकर्तालाई आग्रह गरेको छ ।
त्यस्तै, २०७९ चैत १ गतेबाट २०८० असार मसान्तसम्म नविकरण भएका अभिकर्ता इजाजतपत्रको बहाल २०८२ सालसम्म हुने कम्पनीले जनाएको छ । साथै, यस कम्पनीबाट जीवन बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्तिले आफुलाई पायक पर्ने कम्पनीको कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले आग्रह गरेको छ ।