News Portal

  • आइसीएफसी फाइनान्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०८०
    ७६ पटक
    २३ फागुन, २०८०

    काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीको पुस २९ गते सम्पन्न २०औं वार्षिक साधारण सभाले पारित गरेको ६ दशमलव ५ प्रतिशत (कर सहित) नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गराइएको कम्पनीले जनाएको छ ।

    आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा पुस २९ गतेदेखि नै आइपीएस मार्फत नगद लाभांश जम्मा गरेको कम्पनीले एक सूचना जारी गर्दै जानकारी गराएको हो ।

    हालसम्म पनि डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई यथाशिघ्र अद्यावधिक गराई उक्त लाभांश लिन आग्रह गरेको छ । नगद लाभांश बैंक खातामा नआएको शेयरधनीले ग्लोब आइएमई क्यापिटलमा सम्पर्क गर्न भनेको छ ।

    साथै, आर्थिक वर्ष २०७३/०७४ देखि २०७८/०८९ सम्मको साधारण सभाहरुबाट पारित नगद लाभांश लिन बाँकी रहेका शेयरधनीलाई हितग्राही खाता खोलेको स्थानमा सम्पर्क गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन समेत आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्