आर्थीकसंसार संवाददाता२२ फागुन, २०८०
२२ फागुन, २०८०काठमाडौं । धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाले बिविएस प्रथम बर्षका बिद्यार्थीहरुका लागि बीमा सम्वन्धी सचेतना कार्यक्रम गरेको हो ।
कार्यक्रममा बीमा क्षेत्रको सम्भावना, जीवन बीमा गर्नुको फाइदा, बीमा क्षेत्रमा भएका अवसर लगायतका बिषयमा सहजिकरण गरिएको थियो । उक्त कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्र प्रबन्धक बलराम कँडेलले सहजिकरण गरेका थिए ।