आर्थीकसंसार संवाददाता२१ फागुन, २०८०
२१ फागुन, २०८०काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई भुक्तानी दिनुपर्ने दायीत्वको आकार पौने दुई खर्ब रुपैयाँभन्दा बढी छ। नेपाल लाइफले प्रकाशन गरेको चालू आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमासिक प्रतिवेदन अनुसार बीमा करारवापत सिर्जित वित्तीय दायीत्व १ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी नाघेको छ।
नेपाल लाइफले आफ्नो बीमितका लागि जारी गरेको अल्पकालीन तथा दीर्घकालीन बीमा योजना अन्तर्गत १ खर्ब ८३ अर्ब ६५ करोड ४३ लाख ७१ हजार रुपैयाँ भुक्तानी दिनुपर्नेछ । त्यसअघि गत असोज मसान्तसम्म नेपाल लाइफको बीमा करारीय दायीत्व अन्तर्गत बीमितलाई भुक्तानी गर्नुपर्ने रकम १ खर्ब ७५ अर्ब २१ करोड ४३ लाख रुपैयाँ रहेको थियो। त्रैमासिक अवधिभित्र यस्तो कुल दायीत्व ८ अर्ब ४४ करोड रुपैयाँले वृद्धि भएको छ।