News Portal

  • मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड २०८०’

    आर्थीकसंसार संवाददाता२१ फागुन, २०८०
    ५६ पटक
    २१ फागुन, २०८०

    काठमाडौ । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको छ । सोह्रौ कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्न काठमाडौमा आयोजित समारोहमा मेरिना इम्पेक्सलाइ ‘बेष्ट टेलरिङ अवार्ड,२०८०’ प्रदान गरिएको हो ।

    कर्पोरेट मिडिया ग्रुपले बिगत सोह्र बर्षदेखि बिभन्न बिधामा कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्दै आएको छ । ग्रुपले यस बर्ष ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ मा उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रका २९ जना व्यक्ति व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरेको हो ।

    बेष्ट टेलरिङ अवार्डले ग्रहकमैत्रि सेवाका लागि थप प्रेरित गरेको मेरिना इम्पेक्सका अर्जुन बस्नेतले बताए । ग्रहकको चाहनालाइ बुझेर बिगत ४० बर्षदेखी स्तरिय शर्टिङ,शुर्टिङ तथा टेलरिङ्ग सेवा दिदै आएको र गुणस्तरमा सम्झौता नगर्ने भएकोले मेरिना इम्पेक्सले ग्रहकहरुको बिश्वास जितिरहेको उनले बताए ।

    काठमाडौंको नयुरोड, बागबजार, सामाखुसि र गाबहाल पाटनमा रहेका ४ शाखाबाट सेवा दिदै आएको मेरिना इम्पेक्स बिभिन्न ब्यापारिक र शैक्षिक संस्थाहरुका युनिफर्मका लागि समेत परिचित छ ।

    प्रतिकृया दिनुहोस्