News Portal

  • हिमालयन रिमा राष्ट्रिय वाणिज्य र नेपाल बैंकको लगानी, यी हुन् ३० ठूला सेयरधनी

    आर्थीकसंसार संवाददाता२० फागुन, २०८०
    ५६ पटक
    २० फागुन, २०८०

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्समा ३० जना व्यक्ति तथा कम्पनी ठूला सेयरधनीहरू रहेका छन् । कम्पनीको तथ्याङ्क अनुसार सबैभन्दा धेरै सेयर स्वामित्व अम्बर प्रोभेष्टमेन्टको ६७ लाख ८५ हजार कित्ता रहेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको ५०/५० लाख कित्ता सेयर स्वामित्व छ ।

    कम्पनीका अनुसार इन्फिनीटी होल्डिङ्गस् प्रालिको ९.६९ प्रतिशत अर्थात् ६७ लाख ८५ हजार कित्ता सेयर स्वामित्व छ । यस्तै, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ७.१४/७.१४ प्रतिशत अर्थात् ५०/५० लाख कित्ता, इन्फिनिटी होल्डिङ्स ६.४३ प्रतिशत अर्थात् ४५ लाख कित्ता, जगदम्बा मोटर्स ४.५७ प्रतिशत अर्थात् ३२ लाख कित्ता सेयर स्वामित्व छ ।

    जगदम्बा स्टिल र विकास दुगडको ३.१४/३.१४ प्रतिशत अर्थात् २२/२२ लाख कित्ता, हंसराज हुलासचन्द एण्ड कम्पनीले र स्याफरोन सीके इन्भेष्टमेन्ट २.८६/२.८६ प्रतिशत अर्थात् २०/२० लाख कित्ता, आरएमसी कन्ट्रक्सन एण्ड इन्भेष्टमेन्ट र सशिकान्त अग्रवाल २.१४/१.१४ प्रतिशत अर्थात् १५/१५ लाख कित्ता सेयर स्वामित्व छ ।

    एकर्ड क्यापफिन, अटल क्यापिटल, कालिका फिनकर्प, कार्भी ग्लोबल १.९३/१.९३ प्रतिशत अर्थात् १३.५०/१३.५० लाख कित्ता, अजन्त होल्डिङ्स, विकास राणा, कैलाश शिरोहिया, कृषि एपेक्स, राहुल कुमार अग्रवाल, राजेश हार्डवेयर, सन्दीप कुमार अग्रवाल, शालिमार इन्भेष्टमेन्ट, सौर्य सिमेन्ट उद्योग, उजिभान इन्भेष्टमेन्ट, वन्डर भेन्चर्स १.४३/१.४३ प्रतिशत अर्थात् १०/१० लाख कित्ता सेयर स्वामित्व छ ।

    यस्तै एक्सप्रेस इन्भेष्टमेन्ट र कामधेनु इन्भेष्टमेन्ट १.२९/१.२९ प्रतिशत अर्थात् ९/९ लाख कित्ता, पशुपति मुरारका र सिसिर कुमार मुरारकाको १.०४/१.०४ प्रतिशत अर्थात् ७.२५ लाख कित्ता सेयर स्वामित्व रहेको छ ।

    अघिल्लो वर्ष ३.२१ प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सेयर रहेको गणपति बनस्पति प्रालिको भने तथ्याङ्कमा उल्लेख गरिएको छैन ।

    प्रतिकृया दिनुहोस्