News Portal

  • नेपाल पे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने मौका

    आर्थीकसंसार संवाददाता२० फागुन, २०८०
    ५० पटक
    २० फागुन, २०८०

    काठमाडौं । अब ग्राहकहरुले नेपाल पे क्युआर स्क्यान गरी बिगमार्टको पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरुमा भुक्तानी गर्दा बम्पर उपहारमा एक थान हिरो स्कुटर जित्न सक्नेछन् । उक्त अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र परस्वाङ स्टोरहरुमा फाल्गुन १९ गतेबाट चैत्र १७, २०८० गतेसम्म उपलब्ध रहेको छ ।

    पोखरामा रहेका बिगमार्टका स्टोरहरुमा रु ७५० भन्दा माथिको सामान खरिद गर्दा स्टोरमा रहेको डाइनामिक क्युआर स्क्यान गरी भुक्तानी गरी उक्त अफरको लाभ उठाउन सकिनेछ । ग्राहकहरुले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग, वालेटहरु वा कनेक्टआईपीएस प्रयोग गरी नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

    नेपाल पे क्युआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत क्युआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्युआरमा ४ लाख ६५ हजार र स्मार्ट क्युआरको २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् ।
    प्रतिकृया दिनुहोस्