News Portal

  • शिखर इस्योरेन्सले डाक्यो साधारण सभा, फागुन २७ गतेदेखि बुक क्लोज

    आर्थीकसंसार संवाददाता१७ फागुन, २०८०
    १०२ पटक
    १७ फागुन, २०८०

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आगामी चैत ९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय थापाथली शिखर विज सेन्टरमा आफ्नो १९औं साधारण सभा गर्ने भएको हो ।

    उक्त सभामा संस्थापक समुहबाट ३ जना र सर्वसाधारण समुहबाट एक जना निर्वाचित हुँदैछन् ।

    कम्पनीले यो वर्षको सभामा लाभांश तथा हकप्रद कुनै पनि प्रस्ताव लगेको छैन ।

    त्यस्तै, सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी फागुन २७ गतेदेखि चैत ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

    प्रतिकृया दिनुहोस्