काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले उक्त तालिम फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म संचालन गर्ने भएको हो । कम्पनीले बीमा व्यवसाय अभिबृद्धिका साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यले तालिम आयोजना गर्न लागेको हो ।
उक्त तालिम कम्पनीको केन्द्रीय कार्यालय, थापागाँउ काठमाडौंबाट भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ । सो तालिम विहान साढे ९ बजेदेखि ५ बजेसम्म संचालन हुने कम्पनकिो भनाई छ । पहिले आवेदन दिने ५० जनालाई प्राथमिकता दिइने जनाइएको छ ।
कम्पनीले चैत्र १ गते साढे ४ बजेदेखि साढे ५ बजेसम्म अभिकर्ता परीक्षा संचालन गर्ने छ ।