News Portal

  • शिखर इन्स्योरेन्सको कुश्मा शाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१५ फागुन, २०८०
    १०४ पटक
    १५ फागुन, २०८०

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको कुश्मा शाखाले एकदिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मोदिखोला बहुउद्देश्यीय सहकारी संस्थासँगको सहकार्यमा पर्वतको मोदि गाउँपालिकामा शनिबार उक्त कार्यक्रम संचालन गरेको हो ।

    तालिममा कम्पनीको गण्डकी प्रदेश प्रमुख बुद्धि प्रसाद तिवारीले किसानहरुका जिज्ञासाहरुको उत्तर दिँदै ढुक्क भएर शिखर इन्स्योरेन्समा बीमा गर्न किसानहरुलाई आग्रह गरे ।

    कम्पनीका कुश्मा शाखा प्रमुख प्रकाश पोडेलले बाली तथा पशुपन्छी बीमाको महत्व, बीमा गर्ने प्रक्रिया, बीमालेखले रक्षावरण गर्ने जोखिमहरु, दाबी सम्बन्धी प्रक्रिया लगायतका बिषयबस्तुमा आधारित भएर किसानहरुलाई प्रशिक्षण गरिएको जानकारी दिए ।

    मोदिखोला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बेद प्रसाद तिमिल्सिनाले क्षति पश्चात हुने दाबी सम्बन्धी प्रक्रिया सहज र विश्वसनीय रहेको तथा समयमै दाबी भुक्तानीको सुविधाको कारण शिखर इन्स्योरेन्स नै रोजेको बताए ।

    एक सय जना भन्दा बढी किसानहरुको सहभागीता रहको तालिममा शिखर इन्स्योरेन्स कुस्मा शाखाका कर्मचारीहरु तारा कुमारी शर्मा र भेटेरिनरी प्राविधिक गोबिन्द पौडेलले सहजिकरण गरेका थिए ।

    नेपालमा कृषि बीमाको सुरुवात २०६९ सालबाट भएको हो । हाल कृषि बीमालाई प्रभावकारी गराउनका लागी नेपाल बीमा प्राधिकरणले “कृषि पशुपन्छी तथा जडिबुटी बीमा निर्देशिका २०७९” कार्यान्वयनमा ल्याएको छ । साथै नेपाल सरकारले बाली तथा पशुहरुको बीमा गराउँदा लाग्ने बीमा शुल्कमा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ ।

    प्रतिकृया दिनुहोस्