News Portal

  • सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो मृत्यु दाबी भुक्तनी

    आर्थीकसंसार संवाददाता१५ फागुन, २०८०
    १०४ पटक
    १५ फागुन, २०८०

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । २०७७ मंसिर ३० गते आदित्य सत्यालको नामबाट सुनौलो भविष्य बाल जीवन बीमा योजना लिएकी प्रस्तावक– आमा, राधिका सत्याल लुइतेलले थप बीमांक रु. ५ लाखको म्यादी जीवन बीमा योजनाका साथै घातक रोग विरुद्धको बीमा अतिरिक्त सुविधा लिइएकी थिइन् । उनको घाँटीको क्यान्सर पहिचान भए पश्चात कम्पनीबाट दाबी रकम रु ५ लाख भुक्तानी गरिएको थियो ।

    उपचारको क्रममा उनको हाल मृत्यु भएको हुँदा म्यादी जीवन बीमा बापतको हुनआउने दाबी रकम रु ५ लाख कम्पनीका तर्फबाट क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्यले परिवारजनलाई चेक मार्फत हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा सातदोबाटो शाखा प्रमुख लोईस थापा, एजेन्सी म्यानेजर राजेश दाहाल र चन्द्र मणि शार्माको उपस्थिति रहेको थियो ।

    उनका छोरा आदित्य सत्यालले सुनौलो भविष्य बाल जीवन बीमा योजना अन्तर्गत मासिक रु ५ लाखको १ प्रतिशतले हुन आउने रकम मासिक आय सुविधा स्वरुप रु. ५००० आगामी ९ बर्ष सम्म प्राप्त गर्नेछन् ।

    उक्त बीमाले गर्दा उनको मृत्यु पश्चात पनि छोरा आदित्यको शैक्षिक यात्रामा कुनै कठिनाई नरहने कुरा क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्यले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्