News Portal

  • सिटिजन लाइफका २० जना लिडर सम्मानित

    आर्थीकसंसार संवाददाता१० फागुन, २०८०
    ९१ पटक
    १० फागुन, २०८०

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको ल्यान्डमार्क होटलमा दुइ दिने ‘एम.डी.आर.टी., २०२४ (मिलियन डलर राउण्ड टेबल)’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा ७० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो ।

    उक्त कार्यक्रमको उद्देश्य उत्कृष्ट सेवा प्रदान गर्दै आएका सिटिजनका लिडरहरुको क्षमता विकास गर्ने थियो । कार्यक्रमका मुख्य वक्ता डा. योगी विकासानन्दा थिए । उनी मनोक्रान्ती संस्थाका संस्थापक र गुरु समेत हुन् । उनले संसार परिवर्तन गर्नुछ भने पहिले आफूलाई परिवर्तन गर्नुपर्छ’ भन्ने प्रसँग जोड्दै आफ्नो कार्यमा सफल हुनका लागि सकारात्मक सोच लिएर अगाडी बढ्नुपर्ने बताए ।

    इन्स्योरेन्सका ब्रान्ड एम्बेसेडर महजोडीले यस संस्थामा आवद्ध भएका कर्मचारीहरुले एक अर्कलाई समाजको उन्नति र आफ्नो कार्यप्रति सकारात्मक सोच राख्नका लागि प्रोत्साहान गर्दै आएको बताए ।

    कार्यक्रममा ‘एम.डी.आर.टी’ मा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरु (१९ जना एम.डी.आर.टी. क्वालिफायर र १ जना सि.ओ.टी. (कोर्ट अफ द टेबल) क्वालिफायरलाई पुरस्कारसहित कम्पनीले सम्मान गरेको छ ।

    इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले नवीनताको अधारमा सिटिजन लाइफ अघि रहेको र कम्पनीले सफलता हासिल गर्नमा यस कम्पनीका सिटिजन लिडरहरुको मुख्य भूमिका रहेको बताए । साथै, उनले कम्पनीको सबैभन्दा ठुलो शक्ति, कर्मचारीहरुको नैतिकता रहेकोले भविष्यमा पनि आफ्नो नैतिकतालाई प्रथम प्राथमिकता दिने कुरामा जोड दिए ।

    प्रतिकृया दिनुहोस्