News Portal

  • सन नेपाल लाइफको व्यतित बीमालेख नविकरणमा कहिलेसम्म पाइन्छ छुट ?

    आर्थीकसंसार संवाददाता८ फागुन, २०८०
    ५९ पटक
    ८ फागुन, २०८०

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ । कम्पनीले २०८० फागुन १ गतेदेखि फागुन ३० गतेसम्मसम्म पुनर्जागरण गराएमा विलम्ब रकममा छुट दिने जनाएको छ ।

    कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट सुविधा दिएको कम्पनीले एक सूचनामार्फत जनाएको छ । ब्याज छु बीमा अवधिभर एक पटकमात्रै उपयोग गर्न सकिनेछ ।

    २०८१ चैत मसान्तसम्म परिपक्व हुने बीमालेखहरुमा यस सुविधा लागू हुनेछ । सो सम्बन्धी सम्पुर्ण जानकारीका लागि कम्पनीले अभिकर्ता, शाखा तथा उप शाखा कार्यालयमा बुझन आग्रह गरेको छ ।
    प्रतिकृया दिनुहोस्