News Portal

  • इसेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङबीच सम्झौता

    आर्थिकसंसार संवाददाता२५ साउन, २०७७
    ६७० पटक
    २५ साउन, २०७७

    काठमाडौं । इ–सेवा मनि ट्रान्सफर र बहराईन फाइनान्सिङबीच सम्झौता भएको छ ।
    बहराईनमा रेमिट्यान्स क्षेत्रमा ख्याती प्राप्त मनि ट्रान्सफर बहराईन फाइनान्सिङ कम्पनी र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ । यो सेवा सुरु भएसँगै बहराईनमा रहेका नेपालीहरुले बिएफसीको ५५ वटा शाखाहरु साथै द्यँऋ द्यबजचबष्ल ब्उउ बाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन् ।
    नगदमा पठाइएको पैसा सिधै इसेवा वालेटमा प्राप्त गर्दा ग्राहकलाई रु. ५५ क्यास ब्याक अफर पनि दिइएको छ । इसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सका साथै एजेन्ट बेस रेमिट्यान्स सेवामार्पmत नेपालमा पैसा प्रदान गर्दै आइरहेको छ ।
    हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट आफुलाई सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ ।
    इसेवा मनिट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

    प्रतिकृया दिनुहोस्